नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा वितरणमा

सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ। साउन १ गतेदेखि लागू गरिएको नयाँ प्रणालीमार्फत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि पठाइएको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ प्रणालीमा सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। त्यहाँ […]