बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका रसुवा र नुवाकोटका नागरिकहरूलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले एक समारोहबीच राहत वितरण गरेको छ।  नुवाकोटको विदुर नगरपालिका वडा नं. १० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा आयोजित कार्यक्रममा बाढीपीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा रसुवा र नुवाकोट अन्तर्गतका बेत्रावती, ढुंगे, […]