राष्ट्रियसभा निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको औपचारिक उद्घाटन गर्दै निर्वाचन कार्यक्रमबारे जानकारी दिए। राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ का लागि स्थापना गरिएको यो कार्यालय निर्वाचन आयोगको कार्यालय विराटनगरमै सञ्चालनमा रहनेछ। निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज […]