काठमाडौँ। यूएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार स्वागत गरिएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। ३ देखि १४ डिसेम्बरसम्म भएको प्रतियोगिताको ५४ केजी तौलसमूहमा राखेपले सञ्चालन […]