मिल्नै नसक्ने राजावादी

२५ कात्तिकमा राजावादी अभियानका शक्तिहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच वार्ता भयो। वार्ताको उद्देश्य थियो, समान विचार र उद्देश्य भएका पार्टीबीच एकता गर्नु। एकातिर अर्को पार्टीसँग एकताका लागि वार्ता चलिरहँदा अर्कातिर लिङ्देनका गतिविधिविरुद्ध पार्टीभित्रै गुट-उपगुटले छुट्टै गतिविधि सञ्चालन गरिरहेका छन्। राप्रपामा जुट्ने र फुट्ने पुरानै रोग हो। […]