काठमाडौँ । भाइटिकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बुधबार विशेष पूजा तथा टीका लगाइएको छ। वर्षमा एक दिन भाइटिकाका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने मन्दिरमा भक्तजनले पूजा आराधना गर्दै टीका लगाएका हुन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन खुल्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा विशेष गरी दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ टीका लगाउन पुग्ने […]