काठमाडौँ- पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको छ। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो। बढेर आए पनि पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।