नेपाल बैंकका कर्मचारीको जीवन तथा आर्थिक सुरक्षाका लागि नेशनल लाइफसँग सहकार्य

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई लक्षित गरी नेशनल लाइफ इन्स्योरेन्सले जीवन बीमा सुविधा उपलब्ध गराउनेछ। कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरिएको जनाइएको छ। सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्। दुवै संस्थाले […]