काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र बिचौलियाका रूपमा काम गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको […]