‘नेपाल एक्लो छैन’ सन्देशसहित सुरु भयो च्याम्पियन्स लिग, भोटेकोशी बाढी पीडितको सम्झनामा मौनधारण

विश्व फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनका खेल नेपालका बाढी पीडितप्रति ऐक्यबद्धता जनाउँदै सुरु भएका छन्। मंगलबार क्लब ब्रुग र एस्टन भिल्लाबीचको खेल सुरु हुनुअघि नेपालमा आएको विनाशकारी बाढीका पीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएको हो। यूईएफएले यस साताका च्याम्पियन्स लिग खेलमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै ‘You are not alone Nepal’ अर्थात् ‘नेपाल, तिमी […]