सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग छलफलमा रास्वपा सभापति लामिछाने

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबीच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन्। शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा भएको भेटमा उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग वर्तमान परिस्थितिबारे विचार-विमर्श गरिरहेका हुन्। यसैक्रममा सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र […]