वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन अमेरिकाको भूमिका रहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिकी पनडुब्बीले टोरपेडो प्रहार गरी उक्त जहाज डुबाएको हो। हेगसेथले दोस्रो विश्वयुद्धपछि पहिलोपटक पनडुब्बीबाट यसरी कुनै जहाज डुबाइएको दाबी गर्दै भने, yत्यो इरानी युद्धपोतलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफू सुरक्षित छु भन्ने लागेको थियो, तर टोरपेडो प्रहार गरेर डुबाइयो।’ […]