नेशनल लाईफद्वारा मधेस प्रदेशका अभिकर्ता सम्मानित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेस प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई जनकपुरमा एक विशेष समारोहकाबीच सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न ‘सिइओ क्लब सदस्य सम्मान’ कार्यक्रममा मधेस प्रदेशबाट छानिएका ७७ जना अभिकर्ताहरूलाई पुरस्कृत गरिएको हो। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी योग्यता पुर्‍याएका अभिकर्ताहरूलाई सिइओ क्लबको सदस्यता वितरण गरिएको छ। […]