एमालेको प्रचार विभाग प्रमुखमा मीनबहादुर शाही

काठमाडौं- नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्। पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोटला शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् । शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघको दुई कार्यकाल अध्यक्ष भएका थिए […]