मन्त्री सिन्हाका ३९ बुँदे कार्ययोजना : कम्पनी खारेजीमा सहजीकरणदेखि स्वेट शेयरसम्मका लक्ष्य

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आफ्नो मन्त्रालयको पाँच महिनाभित्र पूरा गर्ने ३९ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। अन्तरिम सरकारको तीन मन्त्रालयमध्ये एकको नेतृत्व गरिरहेका मन्त्री सिन्हाले पहिलोपटक यस मन्त्रालयमा कार्यभार सम्हालेपछि विस्तृत योजना सार्वजनिक गरेका हुन्। मन्त्रालयले जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा उल्लेख गर्दै कार्ययोजनालाई तीन फरक क्षेत्रमा बाँडेको छ। कानुनी सुधार, नीति […]