काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताएकी थिइन्। “समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्‚” उनले भनिन्। […]