प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो । बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । […]