संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्। पुरातात्त्विक दृष्टिले महत्वपूर्ण तिलौराकोट दरबार क्षेत्रलाई बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थानका रूपमा लिइन्छ। यही कारण तिलौराकोट विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक तीर्थस्थलका […]