बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा पुग्नका लागि यात्रा गराउने उद्देश्यले बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको चाप बढ्ने र उनीहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए […]