म्याग्दी । लेदोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड म्याग्दीका दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान करिब ५:२५ बजे अन्नपूर्ण गाउँपालिका–३ स्थित सुकेबगरमा सडकमाथिबाट लेदो र माटोसहितको पहिरो खसे पछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण उक्त स्थानमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। त्यसैगरी, बिहान करिब ५:३० बजे रघुगंगा गाउँपालिका–२ […]