काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरिराम महरलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित समारोहमा कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले महरलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको मंसिर ९ गतेको सचिवस्तरीय निर्णयअनुसार महर जनपद प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब […]