के अब उधारोमा सेयर किन्न नपाइने हो?

ब्रोकरबाट उधारोमा सेयर किन्न पाउँदा लगानीकर्तालाई कारोबार गर्न सहज भएको छ, तर बजार घट्दा रकम तिर्न नसक्ने समस्या पनि देखिएको छ। यही जोखिम कम गर्न धितोपत्र बोर्डले सेयर किन्न शतप्रतिशत नगद वा मार्जिन कारोबार सुविधा अनिवार्य गर्ने अवधारणा अघि सारेको छ। के यो व्यवस्थाले बजारलाई व्यवस्थित गर्ला, कि अहिले चलिरहेको कारोबार प्रक्रियामै समस्या ल्याउला?