वैज्ञानिकहरूले भेट्टाए अनौठो हरियो तारा

पृथ्वीबाट २८० प्रकाशवर्ष टाढा रहेको मृतप्रायः ताराले वैज्ञानिकहरूलाई चकित पारेको छ। पहिले आफ्नो वरिपरि रहेका खगोलीय पिण्डका अवशेष सोसेपछि यसको रङ नै असामान्य बनेको अनुसन्धानले देखाएको छ।