भद्रपुर (झापा) । मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नीतिगत कमजोरी, निजी सेफ्टी ट्यांकरको कमजोर नियमन तथा पर्याप्त लेदो संकलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेका हुन् । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी […]