नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलबार रुससँग औपचारिक रूपमा कडा विरोध जनाएको छ। भारतीय विदेश मन्त्रालयले रुसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार भएको आक्रमणका क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियो […]