भारतीय अवरोधले चिया निर्यात संकटमा, तत्काल कूटनीतिक पहल गर्न फ्रेट फरवार्डर्स एशोसिएसनको आग्रह

नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले नेपालको प्रमुख निर्यातजन्य वस्तु चियाको भारत निर्यातमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भारतीय पक्षले प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाको नाममा नेपाली तयारी चिया लामो समयसम्म गोदाममै रोकेपछि चिया उद्योग, निर्यात तथा आपूर्ति श्रृंखला प्रभावित भएको एशोसिएसनले जनाएको हो। संघले जारी गरेको विज्ञप्तिअनुसार भारततर्फ निर्यात गरिएका तयारी चिया […]