क्यानडाले विश्वकप इतिहासकै पहिलो अंक बटुल्यो, ल्यारिनको गोलमा बोस्नियासँग बराबरी

आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो इतिहासकै पहिलो अंक बटुल्न सफल भएको छ। समूह ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा बोस्निया एण्ड हर्जेगोभिनासँग १–१ को बराबरी खेल्दै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक जोडेको हो। टोरन्टोस्थित बीएमओ फिल्डमा भएको खेलमा बोस्नियाले २१औँ मिनेटमा जोभो लुकिचको गोलमार्फत अग्रता बनाएको थियो। लुकिचले इभान बासिचको कर्नरलाई हेडमार्फत गोलमा परिणत […]