‘पहिला सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो’: रास्वपा

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएकाे छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताउनुभएको हो। उहाँले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले यसले राजनीति […]