बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण, दुई सय घरपरिवार लाभान्वित

म्याग्दी। मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन्। पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ। मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने […]