काठमाडौँ । उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार प्र.३-०१-०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। […]