काभ्रेपलाञ्चोक– बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय नागरिकको मोतियाबिन्दुको पहिचान तथा उपचारका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ । सम्झौतामा नगरका विभिन्न क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी मोतियाबिन्दुलगायतका आँखासम्बन्धी समस्या पहिचान गरी त्यससम्बन्धी बिरामीलाई उपचारको व्यवस्था मिलाइने जनाइएको छ । नगरप्रमुख टोकबहादुर वाइबा र अस्पतालका महासचिव हिरामणि […]