काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र मुस्ताङको लोमान्थाङ आसपास भएको भूकम्प मापन केन्द्रका विज्ञ लोक विजय अधिकारीले जानकारी दिए। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार राति गएको हो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बतसँगै नेपालको मनाङ, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौँलगायत […]