एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सान्टो टापुको पोर्ट ओल्री गाउँबाट करिब ५० किलोमिटर (३१ माइल) पश्चिममा अवस्थित थियो […]