विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि सम्भावित जोखिमलाई लिएर चिन्ता बढेको छ । हालसम्म नेपालमा निपाह भाइरस देखिएको छैन । तर पूर्वी नेपालसँग खुला सिमाना भएकाले सरकार र स्वास्थ्यसम्बन्धी निकाय सतर्क भएका छन् । यही कारणले पूर्वी नाकाहरूमा स्वास्थ्य निगरानी बढाइएको छ। निपाह एकदमै घातक र छिटो फैलिन सक्ने जुनोटिक भाइरस हो, […]