काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्। मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेपछि उद्योग, वाणिज्य […]