जस्टिस डिपार्टमेन्ट र एफबीआईमा जनशक्ति संकट : नयाँ भर्तीको मापदण्ड खुकुलो, बढ्यो सुरक्षा चिन्ता

अमेरिकाका प्रमुख सुरक्षा तथा कानुनी निकायहरू फेडेरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई) र अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस अहिले गम्भीर जनशक्ति अभावको संकटबाट गुज्रिरहेका छन्। पछिल्लो एक वर्षमा ठुलो सङ्ख्यामा अनुभवी कर्मचारीहरूले जागिर छाडेपछि रिक्त पदहरू पूर्ति गर्न प्रशासनले भर्ना प्रक्रिया उल्लेखनीय रूपमा सहज बनाएको छ। तर, वर्षौँदेखि कायम कडा मापदण्डहरूलाई खुकुलो बनाउने यस कदमप्रति वर्तमान तथा […]