होली मनाउन शुरू, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडाैं । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । साेमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभरी होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंकाे वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका हुन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् […]