जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हा बुधबारबाट औपचारिक बिदा भएका छन्। उनको कार्यकाल छोटो भए पनि सुशासन सुधार, औद्योगिक विस्तार, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थापनका क्षेत्रमा विभिन्न पहल अघि बढाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएर सेवा प्रवाहलाई छिटो र पारदर्शी […]