वैदेशिक सहायता स्रोत खुम्चिँदै छ, निजी पुँजी परिचालन गर्नुपर्ने अवस्था छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन्। सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत क्रमशः साँघुरिँदै गएको बताएका हुन्। वैदेशिक सहायता घट्दै गएपछि विकासका लागि निजी तथा वैकल्पिक पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको अर्थमन्त्री वाग्लेले बताए। उनका अनुसार नेपालले सुरुदेखि नै राजस्वले नपुग्ने […]