नेपालको जनगणना, २०७८ अनुसार देशभर थारू समुदायको जनसंख्या १८ लाख सात हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत छ। राजनीतिक दलहरूले जनसंख्याको अनुपातमा समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाउँदा सात जना थारू उम्मेदवार समावेश गरेका छन्। संवैधानिक बाध्यताका कारण यो संख्या घटाउने छुट दलहरूलाई छैन। तर, १६५ निर्वाचन क्षेत्रका लागि हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा भने […]