युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न युरोपेली आर्थिक सहयोग प्रयोग गर्न अनुमति दिने भएको छ । इयु आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नेटोका महासचिव मार्क रुटसँगको संयुक्त विज्ञप्तिमार्फत युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यस्तो सहयोग उपलब्ध गराउने जानकारी दिएकी हुन् । उनका अनुसार इयु सदस्य राष्ट्रहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा युरोपेली सहयोग रकम प्रयोग गर्न पाउने गरी छुट दिन सहमति जनाएका छन् । यद्यपि, इयुको सहयोगबाट हुने रक्षा सामग्री […]