सामाजिक सञ्जालका चर्चित भोसिन्हा कोलो–कोलोमा, ‘धेरै प्रस्ताव आए, पहिलो रोजाइ यही क्लब थियो’

केप भर्डेका अनुभवी गोलरक्षक भोसिन्हा विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनपछि चिलीको सर्वाधिक सफल क्लब कोलो–कोलोमा आबद्ध भएका छन्। उनले आफू सधैं ठूलो क्लबबाट खेल्न योग्य रहेको विश्वास राख्दै आएको र कोलो–कोलोबाट प्रस्ताव आएपछि कुनै द्विविधा नरहेको बताएका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ४० वर्षीय भोसिन्हाले साना लिग र ठूला नभएका क्लबबाट खेले पनि आफूलाई सधैं ठूलो […]