नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय बढ्दो खराब कर्जाको चापसँग जुधिरहेको छ । आर्थिक गतिविधिमा आएको सुस्तता, उद्योग–व्यवसायको कमजोर अवस्था र कर्जा असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूको गैरसञ्चालित कर्जा (एनपीएल) लगातार बढिरहेको छ । यहीबीच नेपालको प्रमुख नगदे बाली तथा निर्यातमुखी क्षेत्र चिया उद्योग गम्भीर संकटमा परेपछि बैंकिङ क्षेत्र थप दबाबमा पर्ने संकेत देखिएको छ । […]