कैलाली भन्सारद्वारा आठ महिनामा रु ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सार कार्यालय धनगढी ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त राजस्व सङ्कलन गरिएको हो। कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिना का अनुसार कुल सङ्कलित राजस्वमध्ये भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु […]