ओलीको गुनासो- म गम्भीर कुरा भन्छु, मान्छेहरू उखान टुक्का भनेर उडाउँछन्
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशको विकास र समृद्धिका लागि गरेका गम्भीर कुराहरूलाई राजनीतिक विरोधीहरूले उखान टुक्का भनेर हल्का रूपमा लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।