काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहेको बताउनुभउको छ । वसन्त पञ्चमीको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदी-बहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ […]