‘तिमी साउथ इन्डियाबाट हो कि अफ्रिकाबाट?’

एक पटक एउटा कलेजी रङको टिसर्ट किनेको थिएँ। सपिङ सेन्टरबाट बाहिर आएपछि एउटा साथीले 'किन यस्तो रङको कपडा किनेको कालो मान्छे भएपछि?’ भन्दा म केही बोल्न सकिनँ। त्यो टिसर्ट साह्रै मन परेर किनेको थिएँ, दुई वर्षसम्म लगाउन सकिनँ।