नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रका समस्या, दाबी भुक्तानी, बीमाको पहुँच तथा जनचेतना विस्तारका विषयमा कोशी प्रदेशमा क्रियाशील पत्रकारसँग अन्तरक्रिया गरेको छ। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक सचिन राईले प्राधिकरणको कार्यक्षेत्र, बीमाका प्रकार, बजारको अवस्था, बीमा प्रवर्द्धनका लागि भइरहेका प्रयास तथा सञ्चार क्षेत्रसँग प्राधिकरणको अपेक्षाबारे प्रस्तुति दिएका थिए। प्राधिकरणका कोशी प्रदेश […]