भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना, एक हजार जनालाई समेट्ने

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पढाइ निरन्तर राख्न करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार प्रभावित विद्यार्थीलाई विभिन्न प्रकारका छात्रवृत्ति उपलब्ध गराउने गरी योजना अघि सारिएको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त योजना घोषणा गरेका […]