नेपाल मेडिकल कलेजमा गोकर्णेश्वरवासीलाई एक लाखसम्मको उपचार सुविधा

गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका र कलेजबीच सम्झौता भएको हो। सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य […]